You are viewing the translated version of साफ्टा सम्झौता बमोजिमका मालवस्तुमा महसुलः.
Number 7
साफ्टा सम्झौता बमोजिमका मालवस्तुमा महसुलः
सार्क मुलुकमा उत्पादित यस .अनुसूचीको दफा २० मा उल्लिखित उपशीर्षकका मालवस्तु त्यस्तो- मुलुकमा प्रतीतपत्र खोली सोही मुलुकको उत्पादक वा निजको आधिकारिक वितरकबाट जारी भएका बिल बीजक सहित सोही मुलुकबाटै साफ्टा सम्झाता बमोजिम साफ्टा उत्पत्तिको प्रमाणपत्र-सहित पैठारी भएमा संवत् २०६७ साल कात्तिकमा कायम रहेको देहाय अनुसारको भन्सार महसुल दरमा आंशिक छुट दिई देहाय बमोजिमको दरमा भन्सार महसुल असुल गरिनेछ। संवत् २०६७ साल कार्तिकमा कायम नरहेका तर यस अनुसूचीको दफा १ मा रहेका, यस अनुसूचीको दफा १९ र दफा २० मा नपरेका उपशीर्षकमा उल्लिखित मालवस्तु यस दफा बमोजिम सार्क मुलुकबाट पैठारी गर्दा यसै दफामा उल्लिखित सार्क मुलुकबाट पैठारी गर्दा लाग्ने भन्सार महसुल दर लाग्नेछः-
तर,
(१) सार्क मुलुकबाट पैठारी गर्दा लाग्ने भनी यस दफामा उल्लेख भएको भन्दा यस ऐनद्वारा तोकिएको भन्सार महसुल दर घटी भएमा सोही दरबमोजिम महसुल असुल गरिनेछ।
(२) यस दफामा_अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस अनुसूचीको अन्य दफाबाट भन्सार महसुल पूर्ण वा आंशिक छुट दिइएको कारणले यस दफा अनुसार लाग्ने महसुल भन्दा घटी महसुल लाग्ने वा महसुल नलाग्ने भएमा सोही बमोजिम हुनेछ।
(३) साफ्टा उत्पत्तिको प्रमाणपत्र, उत्पादक वा निजको आधिकारिक वितरकबाट जारी भएको बिल बीजक, प्रतीतपत्र लगायतका कागजातमा उल्लेख भएको उपशीर्षक र भन्सार कार्यालयमा घोषित वा भन्सार अधिकृतले यकीन गरेको उपशीर्षकको पहिलो ६ अङ्क फरक परेमा यस दफा बमोजिम भन्सार महसुल दरमा आंशिक छुट दिइने छैन।